Section 14
मुद्दा दायर गर्ने कार्यविधि

(१) यस ऐन अन्तर्गत मुद्दा दायर गर्दा नेपाल सरकार वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको अधिकारीको
स्वीकृति बेगर दायर गरिने छैन ।

(२) बाटोघाटोमा वा अन्यत्र सानातिना पसल थापी खुद्रा व्यापारीले दफा ३, ४ र ५ अन्तर्गतको कसुर गरेमा कसुरको रूप हेरी पहिला पटकको कसुर भए अनुचितरूपले लिएको नाफा दाखिल गराई सम्बन्धित व्यक्तिलाई भराई अब उप्रान्त यस्तो कसुर गर्ने छैन भन्ने कागजसम्म गराई मुद्दा नचलाउने गरी उपदफा (१) अन्तर्गतको अधिकारीले तामेलीमा राखी दिन सक्नेछ ।

(३) यस ऐन अन्तर्गतको मुद्दा अपराध भएको वा पत्ता लागेको ९० दिनभित्र दायर गरी सक्नु पर्छ ।